चेम्बरद्वारा एक करोड बढीको सहयोग घोषणा
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ३१ । मुलुकका विभिन्न भागमा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट प्रभावितहरुका लागि नेपाल चेम्बर अफ कमर्सले एक करोड एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
चेम्बरले मंगलबार एक विज्ञप्ति जारी गरी चेम्बरको ‘आकस्मिक विशेष बैठक’ले देशका विभिन्न भूभागमा बाढी–पहिरोबाट पीडित बनेकाहरुलाई एक करोड एक लाख रुपैयाँको (नगद एवं जिन्सी) राहत प्रदान गर्ने निर्णय गरेको जनाएको हो ।
साथै, दैवी एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुर्याउन चेम्बरले २३ सदस्यीय ‘डिजास्टर रिलिफ सेल’ गठन गरेको पनि जनाएको छ ।
बाढीपीडित परिवारलाई प्राथमिकताको आधारमा रोजगारीका लागि पहल गर्ने निर्णय पनि चेम्बरले गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








