खाल्डोमा डुबेर सर्लाहीमा थप दुई जनाको मृत्यु

सर्लाही, साउन ३१ । वर्षाको पानी जमेको खाल्डोमा डुबेर सर्लाहीमा आज थप दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका–७ चिताईनका २२ वर्षीय लक्ष्मण कुमर (दनुवार) र कविलासी गाउँपालिका–४ हेमपुरका ७ वर्षीय धिरज यादवको खाल्डोमा डुबेर ज्यान गएको हो ।

लक्ष्मणको चिताईन खोलाको भलले बनाएको खाल्डो र धिरजको लखन्देही खोलाको भल गाउँ पस्दा बनेको खाल्डोमा डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक चरित्रबिक्रम कार्कीले जानकारी दिनुभयो ।

योसँगै सर्लाहीमा भीषण वर्षापछि आएको बाढीेले बगाएर चार, खाल्डोमा डुबेर दुई र घर भत्किएर किच्दा एक गरि जम्मा ७ जनाले ज्यान गुमाएका छन् । खोलाले बगाएर लक्ष्मीपुर सुखचैना–९ बस्ने रामजीवन राउतका १५ वर्षीय छोरा रुपेश राउत अझै बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *