अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं, साउन ३१ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताउनुभएको छ । राजधानीमा आज भएको एक कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी शिक्षकलाई परीक्षा र गोल्डेन ह्यान्डसेक दुवै अवसर प्रदान गरिने बताउनुभयो । आवश्यक शिक्षक आयोगबाटै लिइने व्यवस्था शिक्षा मन्त्रालयको परिमार्जित नीतिमा उल्लेख गरिने उहाँले बताउनुभयो ।

यसैबीच अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालले परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको जानकारी दिनुभयो । गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न माग गरी समिति आन्दोलित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *