श्रेष्ठ सहितको समूह डा. केसीको अनशन टुंग्याउन लागि पर्दै

साउन ३१, काठमाडौं । सरकारले डा गोविन्द केसीले राखेका माग मध्य पहिलोलाई स्थगित गर्दै अन्यमा सहमति गरी अनशन तोडाउने तयारी गरेको छ । देशमा बाढी पहिरोको प्रकोप राष्ट्रिय समस्या उत्पन्न भएकाले तत्काललाई अनशन स्थगन गरिदिन डा केसीलाई सरकारले आग्रह गर्ने भएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु जसरी पनि केसीको अनशन टुंग्याउन लागि परेको बताए । केसीको पहिलो माग सम्बोधनका लागि मनमोहन लगायत मनशाय पत्र पाएका मेडिकल कलेजहरु खरीदका लागि वार्ता कमिटी मन्त्री परिषदबाट गठन गर्ने तयारी सरकारले गरेको छ ।

चिकित्सा शिक्षा विधेयक भने तत्काल संसदमा पेश नहुने भएको छ । आजको मन्त्री परिषदले गठन गर्ने वार्ता कमिटीले मनशाय पत्र पाएका मेडिकल कलेज सरकारले किन्ने विषयलाई टुंग्याएपछि मात्रै विधेयक अघि बढ्ने श्रेष्ठले जानकारी दिए ।

केसीका अन्य मागहरु तत्काल पूरा गरेर अनशन आजै टुंग्याउन आफूहरु सक्रिय रहेको उपाध्यक्ष श्रेष्ठले बताए । उनले डा केसीको स्वास्थ्य अवस्था र देशको अवस्था संवेदनशील मोडमा रहेकाले तत्काललाई मध्यमार्ग अपनाएर समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *