चिनियाँ उपप्रधानमन्त्रीद्धारा बसन्तपुर दरबार शिलान्यास

साउन ३१, मकालु खबर । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बसन्तपुर दरबार क्षेत्र स्थित नौं तले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका छन् । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री याङ र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले मंगलबार विहान एक समारोहका बीच बसन्तपुर दरबार क्षेत्रस्थित नौं तले दरबारको पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका हुन् ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल, नेपालका लागि चिनियाँ रादजुत यू होङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायत दुवै देशका परराष्ट्र मामिलाका जानकारहरुको उपस्थिति रहेको थियो । भूकम्पले क्षतिग्रस्त बनाएको विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर स्थित नौं तले दरबारको पुनर्निर्माण चीन सरकारको आर्थिक सहयोगमा हुन लागेको हो ।

समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्र देवले भूकम्पले क्षतिग्रस्त बनाएको सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराकोमा चीन सरकार प्रति आभार व्यक्त गरे । दरबारको पुनर्निर्माण कार्य पूरानै ढाँचाको हुनेछ । पुरातत्व विभागमा अनुसार नेपाली कला, संस्कृतिलाई जस्ताको जस्तै राख्ने गरी दरबार पुनर्निर्माण गर्ने समझदारी गरिएको छ । नाै तले दरबार पुनर्निर्माणका लागि आवश्यक परम्परागत सामग्री उपलब्ध गराउने जिम्मेवारी भने पुरातत्व विभागलाई दिइएको छ । चीनले नुवाकोट स्थित सात तले दरबारको पुनर्निर्माणको लागि पनि आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *