बाढी पहिरोमा परी ११५ जनाको मृत्यु, ३८ बेपत्ता

२०७४ जेठ १५ गते

“
साउन ३१, काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । भने, बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् ।
२ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मी सहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।
सोमबारबाट राहत वितरण सुरु भएको छ । बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल समेत वितरण गरिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित