सिएरा लियोनमा पहिरोमा परि दुई सय पाँचको मृत्यु

साउन ३१ – सिएरा लियोनमा पहिरोमा परि कम्तिमा दुई सय पाँचजनाको ज्यान गएको छ । राजधानी फ्रिटाउन नजिकै लेदोमाटो सहितको पहिरो जाँदा ठूलो संख्यामा जनधनको क्षति भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

लगातारको वर्षाका कारण रिजेन्ट क्षेत्रको एउटा पहाडमा पहिरो गएको हो । पहिरोले त्यहाँ गएका घरलाई पुरेका स्थानीय अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार सोमबार सबेरै पहिरो गएका बेला धेरै मानिस सुतिरहेकाले ज्यान जानेको संख्या बढी भएको हो ।

पहिरोमा अरु धेरै मानिस पुरिएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने आशंका छ । सिएरा लियोनका उपराष्ट्रपति विक्टर बोकारिए फोहले घटना निकै गम्भीर रहेको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनामा स्थलमा अझै केही मानिस फसेको हुन सक्ने र उनीहरुलाई उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

पहिरो गएको क्षेत्र नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने खोजी तथा उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *