बाढी पिडितलाई राहत संकलन गर्न अभियान (भिडियो सहित)

साउन, ३०, काठमाडौं । विगत ५ दिन देखि परेको अविरल वर्षाका कारण तराईमा भएको बाढी प्रकोपबाट पिडित नेपालीलाई सहयोग गर्न राहत संकलन गर्ने तयारी गरिएको छ । मकालु खबर डट कम, द कार्टुन क्रिउ, सल्यानी युवा समाज, सल्लेरी खबर, आफरु, Together we can bring the change( TWECATCH) , दियो पोस्ट  जस्ता संस्थाहरुले तराईका विभिन्न जिल्लाका बाढी पिडितलाई राहत संकलन गरेर वितरण गर्ने भएका छन् ।

https://youtu.be/SNgB4kP2XsU

भोली मंगलबारबाट औपचारिक रुपमा राहत संकलन गरिनेछ । एउटा नेपालीलाई चोट पर्दा अर्को नेपालीलाई पनि दुख्नुपर्छ भन्ने अभिप्राय र हिमाल पहाड तराईमा आपसी भातृत्व र सद्भावको विकास गर्न राहत संकलन गर्न लागिएको हो ।

राहत अभियानमा जोसुकैले स्व इच्छाले विभिन्न लत्ता कपडा, खाद्यान्न, भाडाहरु, नगद रुपैंया सहयोग गर्न सक्नेछन् । यसरी दैनिक संकलन भएको सामग्रीलाई बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रमुख जिल्ला अधिकारीको समन्वयमा वितरण गरिने अभियानका सदस्य टुरुप संग्रौलाले बताए । ‘हामीले विशुद्ध मानविय भावनाले यो अभियान थालेका हौं । जति राहत संकलन हुन्छ विभिन्न सञ्चारमाध्यमबाट हरेक दिन सार्वजनिक गरिनेछ ।’ उनले भने ।

यो अभियानमा प्रवासी नेपाली समुदायले समेत सहभागीता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *