नेपाली जनसम्पर्क समिति बेलायतको सहमहामन्त्री पदमा घिमिरेको उम्मेदवारी घोषणा

बेलायत, १४, अगष्ट । बेलायतमा रहेका नेपालीहरूको सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको आउँदो सेप्टेम्बर १७ (असोज १) गते हुन लागेको अधिवेशनमा महलाल घिमिरेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

बेलायतमा नेपाली जनसम्पर्क समितिमार्फत निरन्तर सामाजिक काममा क्रियाशील घिमिरेले नेपाल र प्रवासी नेपाली बिच सुमधुर विकास गर्न तथा सङ्गठनलाई मजबुत बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

नेपालमा विद्यार्थी कालमा नेपाल विद्यार्थी सङ्घमा रहेर विद्यार्थी राजनीतिमा समेत सक्रिय रहेका घिमिरेलाई सङ्गठन निर्माण र सामाजिक कामको लामो अनुभव रहेको छ ।

लामो समयदेखि जनसम्पर्क समिति विभाजित रहेको र समयमै अभिवेशन समेत नभएको अवस्थामा घिमिरेले प्रवासी नेपालीहरूलाई एउटै सङ्गठनमा गोलबद्ध गराउनु आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =