प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रकानिरीक्षण

काठमाडौं, साउन ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमाकुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आजसेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर प्रधानमन्त्री देउवाले बाढीले पु¥याएको क्षतिबारे नेपाली सेनातथा स्थानीय प्रशासनबाट जानकारी लिनुभएको छ । प्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउनस्थानीय प्रसाशनलाई निर्देशनदिनुभएको हो ।

प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मा तथा अन्य उच्च पदस्थ अधिकारीहरु पनि रहनुभएको थियो ।बाढीपीडितको अवस्था, राहतवितरण, सुरक्षा व्यवस्था र पुनःस्थापनाका लागि भइरहेका काम बारे बुझ्न प्रधानमन्त्री देउवा सहितमन्त्रीहरु बाढीग्रस्त क्षेत्रमा जानुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *