हजका लागि २० लाख तीर्थयात्री आउने साउदीको अपेक्षा

रियाद, २९ साउन । साउदी अरेबियाले यस पटकको हज यात्राका लागि विश्वभरबाट झन्डै २० लाख तीर्थयात्री आउने अपेक्षा गरिएको जनाएको छ ।

हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने अल हायात नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ । गत वर्ष हजका लागि १८ लाखभन्दा बढी तीर्थयात्री आएकोमा अधिकांश विदेशी रहेका थिए । हज मेलाका लागि कामगर्न हज मन्त्रालयले ९५ हजार कर्मचारी खटाएको छ ।

हजका बेला विगतका कतिपय वर्ष रोगको प्रकोप फैलिने गरेको भएपनि यस वर्ष भने कुनै प्रकोप फैलिन नदिने गरी व्यवस्थापन गरिएको स्वास्थ्यमन्त्रीले बताउनुभएको छ ।

उहाँले विभिन्न उपाय अपनाउनेगरी तयारी भइरहेको र त्यसका लागि विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तरराष्ट्रिय संस्था तथा निकायसँग सहकार्य गर्न लागिएको पनि जानकारी दिनुभयो । मन्त्रालयले हज यात्रीका लागि लक्षित गरेर झन्डै ३३ लाख अमेरिकी डलरको औषधी तथा स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *