पूर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको दुधौरा पुल भासियो

साउन २९, बारा । पूर्व पश्चिम राजमार्ग अन्र्तगत बारामा रहेको दुधौरा पुल भासिएको छ । पुल ३/४ फिट भासिएका कारण सवारी अवागमनमा रोक लगाईएको छ ।

मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार पुल हुँदै मोटरसाईकल लगायत साना सवारीलाई मात्रै ओहोर दोहोर गर्न दिईएको छ ।

निजगढ र चपुर बजारमा पनि पानी जमेकोले सवारी आवागमनमा असर परेको प्रहरी उपरीक्षक मैनालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *