मोरङमा खोलाले बगाउँदा दुईजनाको मृत्यु

२०७४ जेठ १५ गते

“
मोरङ, साउन २८ । मोरङको बक्राहा नुनसरी खोला र लोहन्द्रा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएकाे छ । मिक्लाजुङ गाउँपालिका–२ रातमाटे टोलका ३२ वर्षका गंगाराम खतिवडा र केराबारी गाउँपालिका–९ कुसुमेका ५६ वर्षका मिनबहादुर थापाको ज्यान गएको हो ।
खतिवडालाई घर फर्किने क्रममा बक्राहा नुनसरी खोला तर्दा बगाएको प्रहरीले जनाएको छ । यसैगरी स्थानीय बेलबारी बजारबाट घरतर्फ फर्कनेक्रममा शुक्रबार बेलुका लोहन्द्रा खोलाले बगाएर मिनबहादुर थापाको ज्यान गएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित