सरकार आफैँ संविधान विरोधी गतिविधिमा संलग्न

साउन २७, मकालु खबर । सांसदहरूले सरकार आफैँ संविधान विरोधी गतिविधिमा संलग्न रहेको अारोप लगाएका छन् । सांसदहरुले सरकारले स्थानीय तहको अधिकार कटौति गर्न षडयन्त्र गरिरहेको दावी पनि गरे । शुक्रबार व्यवस्थापिका संसदको अर्थ समितिमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ र ‘अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’ माथिको छलफलमा भाग लिँदै सांसद जनकराज जोशीले विधेयकमा संविधानले दिएको अधिकारलाई समेत कुण्ठित बनाउने काम गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले प्राकृतिक स्रोतको बाँडफाँड र राजस्व बाँडफाँडको विषय विधेयकमा निर्धारण गरिदिएर सरकारले वित्त आयोगको क्षेत्राधिकारमाथि गम्भिर आघात पार्ने काम गरेको आरोप लगाएका हुन् । सांसद एवम् पूर्व गृहमन्त्री शक्ति बस्नेतले सरकार स्थानीय तहको अधिकार कटौति गर्न लागि परेको बताए । उनले संविधान प्रतिकूल हुनेगरी सरकारले विधेयक ल्याएको दावी पनि गरे ।

सांसद रामेश्वर फुयाँलले राजस्व बाँडफाँड र प्राकृतिक स्रोतको समन्यायिक वितरणको विषयलाई प्रस्तावित विधेयकले सम्बोधन नगरेको आरोप लगाए । उनले विगतमा धनबीरहरुले मात्रै उपयोग गर्दै आएको प्राकृतिक स्रोत अब तल्लो तहका जनताले उपयोग गर्न पाउने गरी कानुनी व्यवस्था गर्न विधेयक मौन देखिएको पनि उल्लेख गरे ।

प्रस्ताविक विधेयकमा राजस्व बाँडफाँडको विषय प्रदेश सभाले सिफारिस गरे अनुसार हुने उल्लेख गरिएकोमा सांसदहरुको आपत्ति छ । उनीहरुले राजस्व बाँडफाँडको विषय वित्त आयोगको भएकाले त्यस सम्बन्धमा सरकारले थप बोलिरहन नमिल्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *