संविधानका केही प्रावधान नसच्याए अर्को संविधान बन्ने

राजविराज, साउन २७ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनसमेत संघर्ष भएकाले परिवर्तनकारी शक्ति मिलेर अरुलाई परास्त गर्नुपर्ने बताएका छन् ।

शुक्रबार संघीय प्रेस फोरम सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले ‘निर्वाचन सम्पन्न हुँदैमा संविधान स्वीकार्य भयो भन्ने ठान्नु भ्रममात्र भएको’ बताए ।

उनले संविधानका केही प्रावधान नसच्याए अर्को संविधान बन्ने चेतावनी दिए । सरकारले तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *