रेणु दाहालको ‘एरिया’ हर्न निषेधित क्षेत्र बन्यो

काठमाडौं,साउन २७ । भरतपुर महानगरपालिकाको मतपरीणामको टुङगो लागेसँगै हर्न निषेधित गरिएको छ । सरकारले राजधानी काठमाडौं र पोखरामा हर्न बजाउन निषेध गरेसँगै भरतपुरमा पनि हर्न निषेध गरेको छ । आगामी भदौ १ गतेदेखि भरतपुर र नारायणगढको राजमार्ग क्षेत्र आसपासमा हर्न बजाउन निषेध गरिएको हो ।

भरतपुरको चौवीसकोठी, नारायणगढ लायन्सचोक, शहिदचोक, पुल्चोक, नारायणगढ बसपार्क, मध्यक्षेत्र प्रहरी तालिम केन्द्र लगायतका क्षेत्रमा चालकले हर्न बजाउन नपाउँने ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । चितवन ट्राफिक प्रहरीका अनुसार आकस्मिकबाहेक अन्य अवस्थामा हर्न बजाउन पाइने छैन ।

गत वैशाख १ गतेदेखि काठमाडौंमा हर्न निषेध घोषणा गरिएको थियो । यससँगै साउन १ बाट पोखरामा पनि हर्न निषेध भइसकेको छ । कानुनमा निषेधित क्षेत्रमा हर्न बजाए पहिलो पटक पाँचसय र दोस्रो पटक एकहजार जरीवाना तिर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *