आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

साउन २७, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतको माग राख्दै १९ दिनदेखि डा गोविन्द केसी अनसनरत छन् । आमरण अनशनमा बसेका डा गोविन्द केसीको माग सम्बोधनका लागि चिकित्सक सङ्घ (गोदान) ले आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

सङ्घले बिहीबार आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । सङ्घले यस अघि चरणबद्ध आन्दोलन गर्दै आएको थियो । सङ्घका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्ति मार्फत जानकारी गराए ।

सङ्घले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न चिकित्सकलाई अनुरोध गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरे पनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको सङ्घले आरोप लगाएको छ । सङ्घको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *