जंगली हात्तीको आक्रमणमा परी ११ वर्षीय बालकको मृत्यु

पर्सा, साउन २६ । पर्साको सुवर्णपुर गाउँपालिकामा बिहीबार (आज) बिहान हात्तीको आक्रमणमा परी एकबालकको मृत्यु भएको छ ।

पर्साको राष्ट्रिय वनबाट आएको जंगली हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं. २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो ।

बिहान ३ः३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर वनतर्फ लगी कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत रिजनको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

वन क्षेत्र नजिकै रहेको पर्साको ठोरी, सुर्वणपुर, विजयबस्ती लगायतका स्थानमा जंगली हात्तीको समूहले निरन्तर आक्रण गर्दै आएको र हात्तीको आक्रमणमा परी बर्षेनी दर्जनाँै व्यक्तिले ज्यान गुमाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

वनबाट आएको हात्तीको समूहले गाउँ प्रवेश गरी घर भत्काउनाका साथै बालीसमेत नष्ट गर्दै आएपनि स्थानीय प्रशासनले हालसम्म कुनै पहल नगरेको स्थानीयवासीको भनाइ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *