राप्रपा संविधान संशोधन विधयेकको विपक्षमा

काठमाडौं, साउन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने प्रष्ट पार्नुभएको छ । आज रिपोर्टर्स क्लबले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले अहिलेको अवस्थामा संविधान संशोधन विद्येयक पारित हुनै नसक्ने ठोकुवा गर्दै आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने बताँउनुभयो ।

सरकारले संविधान संसोधन संसदमा पेश गर्नेमा शंका गर्दै अध्यक्ष थापाले यदि पेश भैहालेको खण्डमा राप्रपा विपक्षमा उभिने बताउनुभयो । मधेशको समस्या समाधानका लागि सरकार गम्भीर नभएको थापाको भनाई थियो । मधेशी दलहरूलाई वर्तमान सरकारले झुक्याइरहेको आरोप उहाँले बताँउनुभयो । मधेशवादी दलहरूलाई निर्वाचनमा जानबाट रोकेर निहित स्वार्थ पूरा गर्न वर्तमान सरकार सक्रिय रहेको उहाँले बताउनुभयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको समस्या समाधान गर्न नसक्ने थापाको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *