जोर्डन सीमा नजिकै सिरियाली सैनिकको कब्जा

दमासकस, २६ साउन । सिरियाली सैनिकले जोर्डनको सिमानामा रहेको दक्षिणी स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिएको बिहीबार जानकारी दिएको छ । दक्षिण सिरियाको ग्रामीण इलाकामा रहेको स्वेइदा प्रान्तको एक इलाका सो नियन्त्रणमा लिइएको आधिकारीक स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ ।

सिरियाली सुरक्षाबलले स्वेइदास्थित सवै सीमा इलाका र यहाँ रहेका प्रहरी चौकीहरु पनि कब्जा गरेको नाम नबताउने शर्तमा उक्त समाचार स्रोतले जानकारी दिएको छ । स्वेइदाको जोर्डनसँगको सीमा इलाकामा औपचारिक रुपमा सरकारको उपस्थिति रहेको थिएन । तर दक्षिणमा पर्ने दराआ क्षेत्रमा सीमा पार गर्नको लागि औपचारिकता पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।


त्यसैकारण सिरियामा जारी युद्धको क्रममा देशको ग्रामीण क्षेत्रमा पर्ने स्वेइदा जोर्डन जाने गैरकानूनी बाटोको रुपमा प्रयोग हुदै आएको छ । सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको छ । आतङ्ककारी समूह इस्लामिस्क स्टेट्स (आइएस) र अल कायदा जस्ता समूह समेत हाल सिरियामा हाबी हुदै आएका छन् । यस आतङ्ककारी समूहले सिरियाका कैयौँ प्रान्त र इलाका कब्जा गरेका छन्. ।

यद्यपी यी मध्येका इलाकाहरुलाई कैयौँ स्थानमा नियन्त्रणमा लिन सिरियाली सैनिक सफल भएको छ । सन् २०११ बाट हालसम्म जारी यस द्वन्द्वमा सिरियामा ३ लाख २० हजार भन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका र लाखौँ आफ्नै देशभित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *