नयाँ शक्तिका संयोजक भट्टराईलाई भेट्न एमाले अध्यक्ष ओली अस्पतालमा

काठमाडौं, साउन २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

डा. भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न बुधबार दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुगेको ओलीका स्वकीयसचिव अनिश दाहालले जानकारी दिए । भेटकाक्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईको स्वास्थ्यलाभको कामना गरेका थिए ।

भेटमा डा. भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी थिए । मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *