झोलामा ‘सिंहदरबार’ घुमाउँदै जनप्रतिनिधि

“जाजरकोट, साउन २५ । त्रिवेणीनलगाड नगरपालिका–८ वडाका अध्यक्ष गाविन्द शाहीले झोलाबाटै वडाको काम चलाउँदै आएका छन् । वडापालिकाको कार्यालय नहुँदा अध्यक्ष शाहीले झोलाबाटै कार्यालयको काम चलाउनु परेको बताए । वडा कार्यालय सञ्चालन गर्न कुनै व्यवस्था नभएकाले जनताको काम झोला बोकेर भए पनि गर्ने गरेको छु, अध्यक्ष शाहीले भने ।

निर्वाचनको बेला गाउँबाट सिंहदरबारको काम हुन्छ भनियो, अहिले आफैंले झोलामा सिंहदरबार घुमाउनुपरेको छ शाहीले हाँस्दै जनप्रतिनिधिहरूको वास्तविकता भएको बताए ।

शाहीको जस्तै हबिगत सबै जनप्रतिनिधिहरूको छ । जनताले सबै काम वडापालिकाबाट हुनुपर्छ भन्छन्, केही पनि गर्न सकिएको छैन, बारेकोट गाउँपालिका–२ वडापालिकाका अध्यक्ष टिकाराम नेपापलीले भने । वडा कार्यालयल नै सञ्चालन गर्न सकिएको छैन कसरी जनतालाई सेवा सुविधा दिने ? अध्यक्ष नेपालीले प्रश्न गरे । राजधानीमा खबर छ |”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *