उज्ज्वल ठकुरीलाई अमेरिकी सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान

साउन २४, अमेरिका । कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्सल आर्टस् एलाइन्स (एएमएए) ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्सल आर्टस् विधामा साहसिक एवम् उत्कृष्ट सम्मान मानिने यो विधामा सूचिकृत हुने ठकुरी सम्भवत पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम् उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

गत शुक्रबार अगस्ट ४ तारिखमा मेरिल्याण्ड राज्यको नेशनल हर्वरमा आयोजित विशेष समारोहमा ठकुरीलाई ‘ब्ल्याकबेल्ट लिजेन्ड’ अवार्डले सम्मान गरिनुका साथै अमेरीकी किताबमा उज्ज्वल ठकुरीको नाम सदाका लागि छापिएको छ । सो अवसरमा विभिन्न पाँच विधामा साहसिक एवम् उत्कृष्ट खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये अमेरिकी मार्सल आर्टस्का विशिष्ट व्यक्ति मानिने ग्राण्ड मास्टर झुन री, पाईनीयर एचीभमेन्ट अवार्डबाट पुरस्कृत भए ।

यो महत्वपूर्ण किताबमा हाँलीवुडका “माइकल जे व्हाइट” सिन्थिया रोदकू सँगसंगै प्रचलित व्यक्तिको नाम र फोटो छापिएको छ । अमेरिकी मार्सल आर्टस् एलाईन्सको यो सम्मानसँगै पुरस्कृत व्यक्तित्वको योगदान, चिनारी एवम् उपलब्धी बारे आयोजकले पुस्तक प्रकाशनमा ल्याउने प्रचलन छ । जस अनुसार यस पटकको पुस्तकमा ठकुरीको योगदान, कला एवम् साहसिक यात्रा बारे उल्लेख गरिएको छ ।

“भ्यान डाम स्टाईल” अन्तर्गत शरीरले १४० पाउण्ड एवम् दाँतले १०० पाउण्ड वजन उचाल्नुका अतिरिक्त २२ वटा काठका पाताहरुलाई भाँच्न सफल भएका कारण ठकुरी अवार्ड पाउन सफल भएका हुन् । भ्यानडम स्टाइल तेन्सो काता र भ्यानडम स्टाइल खुकुरी कातामा पोख्त उनी पाँचौ स्तरका ब्ल्याकबेल्ट हुन ।

अवार्डले उत्साहित उनले भने ‘नेपाली मार्सल आर्टस्लाई संसारमा स्थापित गराउने मेरो लक्ष्य हो । यसैमा लागि परेको छु ।’ रिटायर्ड लेफिनेन्ट कर्नेल ग्यारी क्लसबाट प्रशिक्षित ठकुरीले अमेरीकाका १० राज्यमा आयोजित विभिन्न च्याम्पियनसीपमा प्रतिस्पर्धा गरिसकेका छन् । विभिन्न साहसिक एवम् अनौठा मार्सल आर्टस् विधाका लागि पोख्त ठकुरी अमेरीकास्थित नेपाली डायस्पोराबाट धेरै पटक सम्मानित एवम् पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *