पहिरोमा हराएकाको ३ जनाको शव भेटियो, १ जना अझै बेपत्ता

रसुवा, साउन २३ । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा पहिरोमा परी बेपत्ता भएका ४ जना मध्ये ३ जनाको शव भेटिएको छ । एक जनाको अवस्था अझै अज्ञात छ ।

पहिरोमा पुरिएर ३३ वर्षीया मुना थापामगर, ४ वर्षीय बालक रविन थापामगर र ७८ वर्षीय भक्तबहादुर नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । ७७ वर्षीय धर्मबहादुर थापामगर अझै बेपत्ता छन् । उद्धारका लागि नुवाकोट र रसुवाका सुरक्षाकर्मी खटिएका छन् । पानी परेकाले उद्धारमा समस्या भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *