निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनु सकारात्मक: गृहमन्त्री

काठमाडौं, साउन २३ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिने विषयमा छलफल गर्न सकिने बताउनुभएको छ । प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ का सन्दर्भमा प्राप्त संशोधनबारे व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकको छलफलमा गृहमन्त्री शर्माले यसबारे थप छलफल गर्न सकिने बताउनुभयो ।

हाल आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था भएकोमा सरकारको परामर्शमा आयोगले मिति तय गर्न नसकिने भन्ने होइन, दुबै उस्तै हो तर सुरक्षाको तयारीका विषयलाई ध्यानमा राखेर सरकारले मिति तोक्ने व्यवस्था गरिएको हो”उहाँले भन्नुभयो ।

उहाँले सरकारले सकेसम्म प्रदेशसभाको निर्वाचन एकै चरणमा गराउने सोचमा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । मन्त्री शर्माले सो संशोधन विधेयकमा प्राप्त महिला सहभागिताको सुनिश्चितता र समावेशी, समानुपातिक प्रतिनिधित्व सम्बन्धमा पनि छलफल गरेर निष्कर्ष निकाल्न सकिने उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन सरकार सकारात्मक रहेको र कसैलाई मत दिन्न (नो भोट) भन्ने अधिकारका सम्बन्धमा सर्वाेच्च अदालतको फैसलाका आधारमा समावेश गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *