सिमेन्ट गिर्खा परेपछि एक बोरा सिमेन्टमा आठ केजी तौल कमी !

काठमाडौँ, साउन २३ । काठमाडौँको बनस्थलीस्थित संस्कार ट्रेडिङको गोदाममा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र नापतौल विभागले छापा मार्दा एक बोरा सिमेन्टमा आठ केजी तौल कम भेटिएको छ ।

सोमबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र नापतौल विभागको संयुक्त टोलीले पुनः छापा मार्दा एक बोरा सिमेन्टमा आठ केजीको फरकपन भेटिएको हो । यसअघि साउन ३ गते सो गोदाममा टोलीले छापा मारेर सिलबन्दी गरेको थियो ।

यससँगै आपूर्ति व्यवस्थापन विभागअन्र्तगत टेकबहादुर कोइरालाको संयोजकत्वमा खटिएको टोलीले गोदामभित्र महालक्ष्मी÷अम्बुजा सिमेन्ट र शिवम् सिमेन्टको तौल जोख्ने क्रममा फरक फरक तौल फेला परेको हो । एक बोरा सिमेन्टमा ५० केजी तौल हुन्छ तर अनृुगमनका क्रममा एक बोरा सिमेन्टमा छ देखि केजी आठ तौल सम्म कम भेटिएको अनुगमनका खटिएका एक जना व्यक्तिले जानकारी गराए ।

अनुगमन टोलीले अनुगमनका क्रममा ५० केजीको एक बोरा सिमेन्टमा आठ केजी तौल कम रहेको भेटिएको थियो । ट्रेडिङका सञ्चालक सुरेन्द्र शाक्यले भने आफूले एक बोरा सिमेन्ट बिक्री गर्दा आठ केजी तौल कमी गरी सिमेन्ट बिक्री वितरण नगरेको दाबी गरे । सिमेन्टको बोरालाई गोदामभित्र राख्दा चिसोले भेट्टाएको र बोराभित्र गिर्खा परेको सिमेन्टलाई झिक्ने क्रममा तौल कम भएको उनले बताए । ‘बोराभित्र गिर्खा परेको सिमेन्टलाई झिक्दा तौल कम भएको हो । अरू सिमेन्टमा त्यस्तो फरकपन छैन ।’ अनुगमनका क्रममा खटिएका टोलीलाई उनले जानकारी गराए ।

सञ्चालक शाक्य के भन्छन् ? 

गिर्खा परेको सिमेन्टलाई किन झिक्नुभएको ? भन्ने प्रश्नको उत्तर दिँदै उनले ‘अपुग भएको बोरामा थपेर ५० केजी नै पुर्याई बिक्री वितरण गरेको बताए । तर, आधिकारिक व्यक्तिसँग सोधपुछ नगरी सिमेन्टभित्रको गिर्खालाई निकाल्न नमिल्ने भए पनि उनले त्यो नियम नमानभएपनि उनले त्यो नियम नमानेको अनुगमन टोलीको निष्कर्ष छ । यसबारेमा बोल्दै सञ्चालक शाक्यले कम्पनीले यसको क्षतिपूर्ति नबेहोर्ने बताउँदै आफूले त्यस्तो काम गर्न बाध्य भएको बताए । ‘मलाई यस्तो अनुगमन हुन्छ भन्ने नै थाहा थिएन । मेरोमा यो पहिलोचोटी अनुगमन भएको हो । नियम सबैले मान्नु त पर्छ नै । तर, बिग्रिएको सिमेन्ट कुनै कम्पनी,डिलरहरुले क्षतिपूर्ति दिँदैन । सबै हामीले बेहोर्नुपर्छ । अब कति क्षतिपूर्ति तिर्नूपर्ने हो तिरौँला ।’

कुन सिमेन्टमा कति तौल कम
शिवम् सिमेन्टको एक बोरा सिमेन्टमा आठ केजी सम्म तौल कम भेटिएको हो । यस्तै,एक सय ११ शिवम् सिमेन्टको बोरामध्ये ३५ बोरामा कम तौल देखियो भने ७६ बोरा सिमेन्टमा तौल बढी नै भएको देखियो । त्यस्तै,२३९ बोरा अम्बुजा÷महालक्ष्मी सिमेन्ट मध्ये ३४ बोराको कम तौल भेटिएको संयोजक कोइरालाले बताए । आज यहाँबाट यो प्रतिवेदन लिएर जान्छौँ । विभागमा प्रतिवेदन बुझाएपछि कामकारबाही प्रक्रिया अघि बढ्छ उनले भने‘यसको सबै जिम्मा विभागले गर्ने हो । त्यसपछि मात्रै सीलबन्दी तोडिन्छ ।’ नापतौल विभागका निरीक्षक भुवन दवाडीले यसबारे केही दिनमै निचोड निस्कने बताए । तर, कस्ता कारबाही हुन्छ ? भन्ने विषयमा आफूहरुलाई यकिन जानकारी नभएको बताए ।

हिजो आइतबार देखि विभिन्न विभागबाट आठ विशेष टोलीले भदौ दुई गतेसम्म विभिन्न क्षेत्रमा रहेर अनुगमन गर्ने भएको छ । खाद्य किराना, डिपार्टमेन्टल स्टोर, सुपरमार्केट,मिठाइ दूध र दूधजन्य पदार्थ,माछा मासु, स्वास्थ्यसम्बन्धि,पेट्रोलियम पदार्थ,फलफूल तरकारी,होटल लज र यातायात गरि ८ टोलीले अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *