वेवसाइटको दुनियाँमा जम्दै ‘एट एट फोर एट’
“
इशान श्रेष्ठ,संस्थापक,एट एट फोर एट बिजनेस सोलुसन्स
उनी हुन्, इशान श्रेष्ठ । कुपन्डोलस्थित एट एट फोर एट विजनेस सोलुसन् कम्पनीका संस्थापक । बेलायतमा सात बर्ष विभिन्न क्षेत्रमा काम गरेर फर्किएर इन्टरनेट क्षेत्रमा लागे । जसमध्ये आइटी पनि एक हो । उनको कम्पनीले वेवसाइट डिजाइनसम्बन्धिका कामहरु सम्हाल्दै आएको छ । निकै समय वेवसम्बन्धिका कम्पनीमा आधारित भएर काम गरे । अहिले उनको आफ्नै कम्पनी सञ्चालन गरेकाछन् । कम्पनीलाई १६ जनाको समूहले अघि बढाइरहेका छन् । कम्पनीले अनलाइन मार्केटिङ, ग्राफिक डिजाइन, लोगो डिजाइन, सोसल मिडिया मार्केटिङ लगायतका कामहरु गर्ने गरेको छ । स्वेदशमा भन्दा बाहिरको बजार सम्हाल्दै आएको छ, एटएट कम्पनीले । पार्टनर एट एट फोर एट अष्ट्रेलियन कम्पनीले अष्ट्रेलिया बजारसँग ९० प्रतिशत ग्राहकहरु रहेका छन् । जसका लागि ‘एट एट फोर एट वेभ्स’ ले त्यहाँ पार्टनरको रुपमा भूमिका निर्वाह गरिरहेको छ भने अधिकांश सबै ग्राहकहरु अष्ट्रेलियाका रहेका छन् । त्यहाँको बजार व्यवस्थापन सविना आचार्यले गर्दै आएकी छिन् ।
उनी भन्छन्,‘ अहिले सम्म हामीले ग्राहकसँग बोलेका कुरा पुर्याइरहेका छौँ । त्यसका लागि हामी सबैले खुसीका साथ काम गर्नुपर्छ । त्यसपछि ग्राहक खुसी नहुने कुरै भएन । कुपण्डोलमा कार्यालय सञ्चालनमा ल्याएको धेरै भएको छैन । चार महिना भयो । यो क्षेत्रमा सबैजना दक्ष र अनुभवी छौँ । यो क्षेत्रमा सबैले समग्रमा ३० बर्ष अनुभव बटुलेर संस्थामा आबद्ध भएका छौँं ।’ थोरै समयमा कम्पनीले डिजाइन, मार्केटिङ गरि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा आफ्नो बेग्लै पहँुच बनाउन सफल भएको छ । सबैले छुट्टाछुट्टै खालका व्यापार गरिन्छ । कसैले ठूलो लगानी गरेर व्यापार थालनी गर्छन् भने कसैले सानोबाट ठूलो व्यापार अंगाल्छन् । इशान भन्छन्,‘अहिलेको जेनेरेशनमा थोरै लगानीबाट व्यापार गर्ने प्रवृति ह्वात्तै बढेको छ । यो राम्रो पक्ष हो । प्रायः सबैको हात हातमा स्मार्ट स्क्रिन मोबाइल छ । इन्टरनेटबाट सबै कुरा हेर्न सकिन्छ । जस्तो कि कुन होटलको डिजाइन कस्तो छ । सेवा सुविधा कस्तो छ । त्यसैले मुख्य कुरा भनेको व्यापारको बजारक्षेत्र कस्तो बनाउँने हो । हामी यसैमा केन्द्रित छौँ ।’हाम्रोबारे जान्न चाहानुहुन्छ भने एट एट फोर एट विजनेस सोलुसनमा फोनसम्पर्क (९८६१६९०७४०÷९८०१०७०२३४) गर्न सक्नुहुन्छ वा फेसबुकमार्फत पनि जोडिन सक्नुहुनेछ । (:facebook.com/8848businesssolutions)
कम्पनीले स्वदेशमा पनि आफ्नो छाप बनाउन नखोजेको भने होइन । तर, नेपालमा इन्टरनेट सेवा र व्यापार न्यून भएका कारण सबै क्षेत्रमा पहुँच पुग्न सकेको छैन । साथीभाई, चिनजान व्यक्ति हुँदै भावी दिनमा स्वदेशमा पनि वेवसाइटका कामहरु गर्ने कम्पनीको लक्ष्य रहेके छ । अहिले अधिकांश डिजाइन, मार्केटिङ लागयतका कामहरु ट्राभल्स एण्ड टुर्स कम्पनीहरुको भइरहेको छ । यससँगै विभिन्न विद्यालयहरुको वेवसाइट डिजानइनका कामहरु पनि भइरहेका छन् । आफ्नो क्षेत्रबारे जानकारी गराउँदै,‘ पढाइसँगै टेक्नोलोजी क्षेत्रमा रुची थियो । स्नातक पनि यहीँ विषयमा उत्तीर्ण गरे । सन् ००७ सालमा कल सेन्टरमा काम गरे । त्यहाँपनि वेवसाइटसँगै मार्केटिङसम्बन्धिका धेरै कामहरु सिके । त्यसपछि अन्य धेरै ठाउँहरुमा पनि काम गरे । थप केही सिक्ने उद्धेश्यका साथ सन् ००९ बेलायत पुगे । त्यहाँ गएर वेवसाइटसँगै अन्य कामहरु काम गरे । त्यहाँ बसेर धेरै कुरा सिके र स्वदेशमै फर्किएर केही गर्ने आँट गरे ।’
नेपालमा साथीहरुले वेवसाइट कम्पनी चलाइरहेका थिए । तर, द्रुत गतिमा कामहरु भइरहेको थिएन । अफिस बन्द भइसकेको अबस्थामा पुगेको थियो । जब उनी स्वेदश फर्किए त्यसपछि त्यो कम्पनीमा आबद्ध भए । जे काम पनि निरन्तरता दिनु नै महान् रहेछ उनी भन्छन्,‘छ महिनामा कम्पनीको सान बेग्लै भयो । तर धेरै समय काम गर्न सकिएन । त्यसपछि मैले आफ्नो छुट्टै कम्पनी सञ्चालन गरे । दिनरात आफ्नो काममा लागिर परे । जहाँ बसेर काम गरेपनि इमान्दारिता हुनुपर्छ ।’ अहिले १६ जनाको समूह मिलेर कार्यालय सञ्चालन गरिरहेका छन् ।
स्वदेश र विदेशको बजारको फरकपन आकाश पतालको छ । विदेशमा इन्टरनेट सेवा नपुगेगको ठाउँ छैन । तर, नेपालमा त्यसको पहुँच भर्खर पुग्दैछ भने बजारमा त्यस्तो खालको तयारी छैन । यसकारण यहाँको बजारक्षेत्र अलि साँघुरो छ । अनलाइनको पहुँच पुग्न समय कति लाग्छ भन्ने नै महत्वपूर्ण हो । देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अब, अनलाइनको पनि केही विस्तार होला कि भन्ने छ । ग्राहकहरुलाई कम्पनीमार्फत डोमेन रजिष्ट्रेशन, वेवसाइट डिजाइन, होस्टिङ, मोवाइल एप्स, ग्राफिक डिजाइन, लोगो डिजाइन,सोसल मिडिया मार्केटिङ, सर्च इन्जिन ओप्टिमाइजेसन, सफ्टवेयरलगायतका सेवाहरु दिइरहेका छौँ उनी भन्छन्,‘अहिले हामीले अष्ट्रेलियन कम्पनीहरुसँग सम्भौता अनुसार नै काम गरिरहेका छौँ । उनीहरुलाई मात्रा हैन वस्तुको गुण चाहिन्छ । तर, हामीलाई सस्तो बस्तु चाहिन्छ यहीँ समस्या हो । आजभन्दा दश वर्ष अगाडि सूचनाको युग बेग्लै थियो । अहिले बेग्लै छ । त्यसैले अब हामीले व्यापार ब्राण्डिङ गर्ने हो ।त्यसैले एकपटक हामीकहाँ आएर बुझ्न सक्नुहुन्छ । ’
अशोक श्रेष्ठ, मार्केटिङ प्रमुख
अशोक श्रेष्ठ । जिम्मेवारी मार्केटिङ प्रमुख । नेपालमा बजारको क्षेत्र सानो भएका कारण र अनलाइनको पहुँच कमी भएकाले कम्पनीले स्वदेशमा सेवा विस्तार गर्न गाह्रो भएको बताउँछन् । प्रविधिको विकासले विश्व समाजमा रुपान्तरण भएको छ । तर, हामी अझै रुपान्तरण भएका छैनौँ । हामीले चाहेको बस्तु वेवसाइटमा भेटिन्छन् तर हामी त्यसबाट बञ्चित छौँ । उनी भन्छन्‘ यो क्षेत्रमा हामी सबैजना युवा छौँ । पेशामा रमाइलो हुनुपर्छ । त्यसपछि केही नुहने कुरै छैन ।’ मानिस एकदिन भोकै बस्न सक्ला तर इन्टरनेटविना एक सेकेण्ड टाढा बस्न सक्दैन । त्यसकारण प्रविधि गाँस, बाँस कपासजस्तै अनिवार्य छ । उनी भन्छन्‘बिहान छ बजेदेखि बेलुकी छ बजेसम्म खट्छौँ । ग्राहकहरुसँग फेस टु फेस भइ कुरा गर्छाै । त्यसपछि वेवसाइटको डेमो तयार पारेर डिजाइन गर्छाै । त्यसैले सेवा अनुसारकै दाम पनि लिन्छौँ ।
निरेश श्रेष्ठ,सिनियर डिजाइनर तथा प्रोजेक्ट म्यानेजर
कम्पनीभित्र हामी सबैजना युवा छौँ । सबैसँग आ–आफ्नै खालका नयाँ सोच र विचार छ । मैले डिजाइनसम्बन्धिका जिम्मेवारी सम्हालेको छु । अहिलेसम्म त्यस्तो खालको समस्या भएको छैन । पहिलो कुरा त अनुभव नै ठूलो कुरा रहेछ । अनुभवले नै मानिसलाई परिपक्वा बनाउनेरहेछ । अहिले वेवसाइटबिना व्यापार गर्न सकिने अवस्था छैन । सबैको हातहातमा ‘टच स्क्रिन’ मोवाइल छ । त्यसभित्र हरेक क्षेत्रका विषयबस्तुहरु समेटिएका हुन्छन् । त्यसैले सबैको आफ्नै खालका व्यापार हुन्छन् । हाम्रा पनि आफ्नै खालको व्यापार व्यवसाय छन् । मुख्यगरि यो क्षेत्रमा धेरै ध्यान पुर्याउनुपर्छ । सानो सानो कुरामा पनि ख्याल गर्नुपर्छ । एउटा सुन्दर मुर्ति कोर्न जतिकै गाह्रो पेशा हो डिजाइन । कतै खोट लाग्नुहुँदैन । त्यसैले यो पेशा भनेको बोलेर हैन कला देखाएर प्रस्तुत गरिन्छ ।
“