गाडीले किचेर भागेपछि बसन्तकाे हालत : कुरुवाकै अभावमा उपचारमा रोक !

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २३ । राष्ट्रिय ट्रमा सेन्टरको पाँचौ तलामा रहेको वार्डको कुनातिरको बेडमा सुतिरहेका बसन्त बुढाथोकी कोही नयाँ मान्छे आयो कि चलमलाउँछन् ।
कतै मेरा कोही आफन्त आए कि भन्ने उनको आश हुन्छ । पाँचथर हात्तीपोखरीबा ३७ बर्षीय उनलाई २ महिनाअघि चाल्नाखेलमा गाडीले ठक्कर दिएपछि अस्पताल ल्याईए ।
हिँडिरहेको बेला उनलाई गाडीले ठक्कर दियो । गाडी भाग्यो । बेहोस उनलाई प्रहरीले वीर अस्पताल ल्याईपुर्याए । गाडीको ठक्करपछि उनी हिंड्न सक्दैनन् । दुवै खुट्टाको भर छैन ।
आफन्त अभावमा उपचार हुन सकेको छैन । चिकित्सकले सल्यक्रिया गर्नुपर्छ भनेको भनेका थिए ।
कुरुवा र पैसाको अभावमा उपचार हुनै सकेको छैन ।, यो खबर आजको नागरिकमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित