कृषि कार्यक्रममा १० करोड खर्च !

भद्रपुर, साउन २१ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाको समग्र कृषि विकास कार्यक्रमका लागि कुल रु १० करोड २२ लाख ८६ हजार खर्च भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।

उक्त कार्यक्रमका लागि गत आर्थिक वर्षमा रु १४ करोड ८३ लाख ६३ हजार बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये ६८ दशमलव ९४ प्रतिशत मात्र खर्च भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए ।

कार्यालयका अनुसार, सो अबधिमा कृषि प्रसारमा रु एक करोड २६ लाख चार हजार, सहकारीखेती सिँचाइमा रु ३९ लाख, आलु तरकारी तथा मसला विकास कार्यक्रममा रु नौ लाख ९० हजार, मत्स्य विकास कार्यक्रममा रु ४१ लाख, बाली संरक्षण कार्यक्रममा रु एक लाख ६४ हजार, बाली विकास कार्यक्रममा रु ७५ लाख १८ हजार, विशेष कृषि उत्पादन कार्यक्रममा रु १० लाख , आइडब्लुआरएमपी कार्यक्रममा रु आठ लाख ९० हजार, सीएमआइएएसपी कार्यक्रममा रु ३९ लाख ८० हजार, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामा रु छ करोड ६७ लाख ४० हजार, कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रममा रु दुई लाख खर्च भएका छन् ।

वरिष्ठ कृषि विकास अधिकृत डाँगीले झापामा कुल खेतीयोग्य ९८ हजार ७१६ हेक्टर जग्गामध्ये ९० हजार हेक्टरमा मात्र खेती भइरहेको जानकारी दिदैं राज्यले कृषि क्षेत्रको विकासमा गरेको लगानीले कृषि र कृषक दुबैलाई लाभान्वित बनाएको बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *