दुबईको गगनचुम्बी भवन टर्च टावरमा भिषण आगलागी

एजेन्सी । दुबईको गगनचुम्बी भवन टर्च टावरमा भिषण आगलागी भएको छ  । पछिल्लो दुई वर्षमा यो  टावरमा  आगो लागेको दोस्रो पटक हो । सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका तस्बिर तथा भिडियो फुटेजमा टावरको माथिल्लो तलासम्म आगोको लपेटा पुगेको देखिन्छ  । भवनको माथिल्लो तलाबाट जमिनमा आगोले जलेर नस्ट भएका  सामग्रीहरु खसेको छ ।

टावरमा रहेका मानिसहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र आगो निभाइएको बिबिसीमा उल्लेख छ । विश्वकै अग्ला भवनहरुमध्ये पर्ने टर्च टावरमा आगलागीको कारण पत्ता लागेको छैन । सरकारी मिडिया अफिसले ट्वीट गर्दै आगलागीबाट कोही पनि घाइते भएको खबर नआएको जनाएको छ । अहिले आगलागीबाट तातेको टावरलाई चिसो बनाउने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । ​

सन् २०१५ मा आगलागी हुँदा टर्च टावरमा  क्षति पुगेको थियो । ७९ तला भएको यो भवन विश्वकै ४०औं अग्लो भवन हो । २०११ देखि सञ्चालनमा आएको टर्च टावरमा ६७६ फ्ल्याट रहेका छन् । भवनको आठौं तलामा पार्किङ र स्विमिङ पुल रहेको छ । यो भवनमा दुई बेडरुम सहितको फ्ल्याटको मूल्य झण्डै पाँच करोड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *