जिल्ला समन्वय समिति नुवाकोटमा २९ गते मतदान हुने

नुवाकोट, साउन २० । जिल्ला समन्वय समिति (जिसस) नुवाकोटको निर्वाचनको मतदान साउन २९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज शुक्रबार मतदाता नामावली सार्वजनिक गरी सुरु हुने निर्वाचन कार्यक्रम अन्तरगत यही साउन २९ गते निर्वाचनको मतदान तोकिएको छ ।

निर्वाचनको विभिन्न चौध चरण मध्ये आज मतदाता नामावली प्रकाशन गर्ने, साउन २२ गते अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने, साउन २३ गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवार विरुद्ध परेका उजुरी लगायतको प्रक्रिया पूरा गरी साउन २६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभयो ।

उम्मेदवारहरुलाई साउन २८ गते निर्वाचन चुनाव चिन्ह प्रदान गर्ने र साउन २९ गते मतदानको कार्यक्रम तोकिएको छ । नुवाकोटमा जिससको निर्वाचनको लागि १२ स्थानीयतहका प्रमुख र उप्रप्रमुख गरी २४ जना मतदाता छन् । २४ जना मतदाता मध्ये १४ जना नेपाली काँग्रेसको तर्फबाट, नेकपा (एमाले)का ६ जना र नेकपा (माओवादी केन्द्र)का ४ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *