जिल्ला समन्वय समिति तनहुँमा कांग्रेसको पकड

तनहु, साउन १९ । जिल्ला समन्वय समिति तनहुँको अधिकांश पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत तनहुँमा आज भएको मतदानमार्फत नेपाली कांग्रेसका प्रमुख उम्मेदवार शान्तिरमण वाग्ले प्रष्ट बहुमतका साथ विजयी हुनु भएको हो ।

समन्वय समितिको नेतृत्वका लागि भएको मतदानमा कांग्रेसका वाग्लेले २० मध्ये १२ मत पाउनु भएको थियो । प्रतिष्पर्धी नेकपा एमालेका प्रमुख उम्मेदवार कृष्णराज ढकालले ६ तथा माओवादी केन्द्रका उम्मेदवार गीरबहादुर बस्यालले २ मत पाउनु भएको थियो ।

उप प्रमुख पदमा पनि कांग्रेसकै उम्मेदवार पवित्रा पौडेल विजयी हुनु भएको छ । कांग्रेसका तर्फबाट सदस्य उम्मेदवारहरु निलबहादुर थापा, अर्जुनबहादुर अधिकारी, केशबहादुर सुनार, गलबहादुर गुरुङ, घनिमाया थापा, दिव्यश्वरी विक र सरस्वती गौतम विजयी हुनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *