एमाले नेताद्धारा विद्यालयलाई जग्गा दान

डडेल्धुरा, साउन १९ । नेकपा एमाले डडेल्धुराका नेता तथा समाजसेवी नरबहादुर विष्टले आफ्नौ गाँउमा रहेको विद्यालयलाई जग्गादान गर्नु भएको छ । गन्यापधुरा गाउँपालिका वडा नं. ३ गौली गाँउमा रहेको समैजी आधारभूत विद्यालयलाई ८० हजार रुपैँया बराबरको साढे सात आना जग्गा दान गर्नु भएको हो ।

साविकको मष्टामाण्डौ गाविसमा आफ्नै नाममा रहेको कित्ता नं. १३६ को उक्त जग्गा विद्यालयको नाममा नामसारी समेत गरेको बिष्टले बताउनुभयो । २०४४ सालमा स्थापना भएको विद्यालय हाल आधारभूत तह सम्म संचालनमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *