चिनिँया लगानीमा सिमेन्ट कम्पनी नेपालमा स्थापना गर्ने प्रस्ताव स्विकृत

साउन १९, मकालु खबर । लगानी बोर्डले चिनिँया लगानीमा होङसी शिवम् सिमेन्ट कम्पनी नेपालमा स्थापना गर्ने प्रस्ताव स्विकृत गरेको छ ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बोर्ड बैठकले सो कम्पनी नेपालमा स्थापना गर्ने सम्झौता आगामी भाद्र १९ गते भित्र गरिसक्ने निर्णय पनि गरेको छ । बैठकले लगानी अनुकूल हुनेगरी वनसम्बन्धि कार्यविधि संशोधन गर्ने निर्णय पनि गरेको छ । चिनिँया लगानीमा स्थापना गर्न लागिएको सिमेन्ट कम्पनी स्थापना गर्ने प्रस्ताव स्विकृत गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बोर्डले अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन देखिएको बन सम्बन्धि समस्या समाधान गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी रासायनिक मल कारखाना स्थापना गर्ने काम ६ वर्ष भित्र सम्पन्न गरीसक्ने निर्णय पनि गरिएको छ । वित्तिय व्यवस्थापन तत्काल गरी ६ वर्ष भित्र रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरिएको पनि प्रमुख कार्यकारी अधिकृत अधिकारले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *