एमबाप्पेलाई विश्वकपमा इतिहास रच्ने अवसर, गोल्डेन बुट जित्न मेसीलाई चुनौती

काठमाडौँ। फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। इङ्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा दुई गोल गरेसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याउँदै अर्जेन्टिनाका लियोनेल मेसीलाई पछि पारेर विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्।

यसअघि विश्वकप इतिहासमा सर्वाधिक गोलको कीर्तिमान मेसीको नाममा २१ गोल थियो। तर एमबाप्पेले २०२६ विश्वकपको अन्तिम खेलअघि नै त्यो कीर्तिमान तोडेर आफूलाई शीर्ष स्थानमा स्थापित गरेका छन्।

जारी फिफा विश्वकप २०२६ मा पनि एमबाप्पे उत्कृष्ट लयमा छन्। तेस्रो स्थानको खेलमा दुई गोल थपेपछि उनले प्रतियोगितामा १० गोल पुर्‍याएका छन् र गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। साबिक विजेता अर्जेन्टिनाका कप्तान मेसी ८ गोल सहित दोस्रो स्थानमा छन्। यद्यपि गोल्डेन बुटको प्रतिस्पर्धा भने अझै सकिएको छैन।

अर्जेन्टिनाले स्पेनविरुद्ध विश्वकप फाइनल खेल्न बाँकी रहेकाले मेसीसँग आफ्नो गोल संख्या बढाउने अन्तिम अवसर रहेको छ। यदि मेसीले फाइनलमा ह्याट्रिक गर्दै ११ गोल पुर्‍याउन सके भने उनले एमबाप्पेलाई उछिन्दै गोल्डेन बुट जित्नेछन् ।

दुई गोल मात्र गरेमा दुवै १०–१० गोलमा बराबरी हुनेछन्, त्यसपछि पुरस्कारको निर्णय फिफाको टाइब्रेक नियम ९मुख्यतः असिस्ट र त्यसपछि कम खेल समय० अनुसार हुनेछ।

एमबाप्पेले व्यक्तिगत रूपमा विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाए पनि फ्रान्स भने तेस्रो स्थानको खेलमा इङ्ल्यान्डसँग ६–४ ले पराजित हुँदै चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =