गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
२०८३ असार २७ गते

काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।
शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै नेपालीका आफन्तले प्रदर्शन गरेका हुन् ।
साथै उनिहरुले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नाराबाजीसमेत गरेका छन् ।
प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढिरहेका बेला सहभागीहरू सडकमा जान खोजेपछि स्थिति केही तनावग्रस्त बनेको थियो । त्यस क्रममा प्रदर्शनकारी र नेपाल प्रहरीबिच केही समय धकेलाधकेल समेत भएको थियो ।
२०८३ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








