नयाँ दिल्लीमा ३५औँ आँप महोत्सव, ४ सयभन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ३५ औँ वार्षिक आँप महोत्सव जारी छ । तीन दिनसम्म चल्ने यस मेलामा देशभरका आँप प्रेमी, किसान र बागवानी विज्ञहरूको उल्लेख्य सहभागिता रहेको छ ।

यस वर्षको महोत्सवमा भारतका विभिन्न राज्यका किसानले प्रत्यक्ष रूपमा ल्याएका ४ सय भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनमा राखिएका छन् । यस प्रदर्शनीले भारतको समृद्ध कृषि सम्पदा र फलफूलको विविधतालाई उजागर गरेको छ ।

महोत्सवको प्रमुख आकर्षणको रूपमा ‘अनलिमिटेड म्याङ्गो इटिङ च्यालेन्ज’ (असीमित आँप खाने चुनौती) रहेको छ । यस अन्तर्गत सहभागीहरूले मात्र १०० भारतीय रुपैयाँ (करिव १ अमेरिकी डलर) मा आफूले चाहे जति आँप खान पाउने व्यवस्था गरिएको छ । यस रोचक गतिविधिले वार्षिक उत्सवमा थप मनोरञ्जन र उत्साह थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =