हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना छः सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन् ।

मंगलवार काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले उक्त स्पष्ट पारेका हुन् ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्नेकुरामा सरकार जानकार रहेको बताए । उनले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको पनि उल्लेख गरे ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको कामलाई प्राथमिकताका साथ अघि बढाएको र त्यसमा निकै राम्रो प्रगति भएको जिकिर पनि गरे ।

उनले हुलाकसँग सम्बन्धित नीतिगत र संरचनामा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

सञ्चारमन्त्री तिमिल्सिनाले भने ‘यो हुलाकसँग सम्बन्धित पोलिसीहरुको रिफर्म जरुरी छ । हुलाकको स्ट्रक्चरको नै रिफर्म जरुरी छ । यसको एक्जस्टिङ बडीहरूको इफिसेन्सी बढाउनुपर्नेछ । धेरै कामहरू छन् । पहिला हामीले केही सुरुवात गरेका छौँ । गर्नुपर्ने के हो भन्नेकुरा पनि आईडेन्टीफाई भएका छन् । यो सरकारको सय दिन पुग्न पुग्न लागेको छ । सय दिनभित्र हुलाकसँग सम्बन्धित केही कामहरू हामीले आँटेका थियौँ । त्यो कामहरूका निकै राम्रो प्रगति पनि भएको छ । र, आउँदो वर्षमा हुलाकलाई कहाँ पुर्याउन सकिन्छ भन्ने बारेमा हामी गम्भीर छौँ । गम्भीरतासहित काम गर्छौँ । अव यसमा अघि प्रसङ्ग पनि आयो । के सरकारी हुलाक सेवाले मात्रै देशको सम्पूर्ण यो जुन पोष्टपोन्ड सर्भिस छ । यसलाई इफेक्टिभ बनाउन सक्छ ? अथवा त्यो जरुरी छ ? त्यो सम्भव पनि नहोला । र त्यो जरुरी पनि छैन । अघि भनेको जस्तो पब्लिक प्राईभेटबाट । किनभने सबै कुराहरू सरकारको नियन्त्रणबाट गर्ने भन्ने सरकारको सोच पनि होइन । र निजी क्षेत्रले सरकारी क्षेत्रसँग गरेर नै जनतासम्म प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार छ । म यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु–यहाँहरू जो जो स्केटहोल्डर्स हुनुहुन्छ । यदि कुनै समस्याहरू छन् भने हामी सहजीकरण गर्नेछौँ ।’

त्यस अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई गर्व गर्न लायक हुनेगरी काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =