तीन दिन मनसुन थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन अर्थात् असार १६, १७ र १८ गते विभिन्न प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिनको मौसम यस प्रकार रहनेछ:

असार १६ गते (मङ्गलवार)

  • दिउँसो: देशभर अधिकांश बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका धेरै स्थानमा तथा मधेस प्रदेश र कोसी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
  • राति: देशभर अधिकांश बादल लाग्नेछ। देशको पहाडी र तराई भू-भागका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै मधेस प्रदेश तथा बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।

असार १७ गते (बुधवार)

  • दिउँसो: देशभर पूर्णतया बादल लाग्नेछ। देशका पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • राति: देशको पहाडी भू-भागका धेरै स्थानमा र देशको तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

असार १८ गते (बिहीबार)

  • दिउँसो: देशभर पूर्णतया बादल लाग्नेछ। देशका पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेशको एक-दुई स्थानमा हावाहुरीको सम्भावना छ।
  • राति: देशभर पूर्णतया बादल लाग्नेछ। देशको पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्छ।

चेतावनी तथा परामर्श

मौसम पूर्वानुमान महाशाखाले असार १६, १७ र १८ गते मनसुनी गतिविधि बढ्न गई विशेष गरी कोसी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै मधेस प्रदेश, बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने र कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेकाले नदी-नालामा पानीको बहाव बढ्ने, भू-स्खलन र डुबानको जोखिम हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन र महाशाखाको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =