गृहमन्त्रीका निकट व्यक्तिले ‘ह्यारेस’ गरे, प्रहरीले उजुरी लिएन: नायिका उषा रजक
२०८३ असार १६ गते

काठमाडौँ । अभिनेत्री उषा रजकले मध्यरातमा पटक–पटक फोन गरेर सन्जोक कार्की नामका व्यक्तिले आफूलाई मानसिक रूपमा ह्यारेस गरेको आरोप लगाएकी छन् ।
सामाजिक सञ्जालमा भिडियो र मेसेन्जर च्याटको स्क्रिनसट सार्वजनिक गर्दै उनले सन्जोक कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका भाइ भएको दाबी गरेकी छन् ।
सार्वजनिक स्क्रिनसटमा राति ३:१९, ४:०४ र ४:२३ बजे लगातार फोन आएको देखिन्छ ।
रजकले यस विषयमा साइबर ब्युरोमा उजुरी गरे पनि प्रहरीले आवश्यक प्रक्रिया अघि नबढाएको आरोप लगाएकी छन् । उनले शक्ति दुरुपयोग नगर्न र जिम्मेवार बन्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेकी छन् ।
भिडिओ:
२०८३ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित









