‘द वीक सो’ लिएर दर्शकमाझ आउँदै सन्दीप क्षेत्री

काठमाडौँ । कलाकार तथा मोटिभेसन स्पिकर सन्दीप क्षेत्री नयाँ कार्यक्रम ‘द वीक सो’ लिएर दर्शकमाझ आउने भएका छन् ।

कार्यक्रमको पहिलो एपिसोड यही शुक्रवार साँझ ८:१५ बजे एपिवानमा टेलिभिजनमा सार्वजनिक हुने भएको छ ।

साथै युट्युबका दर्शकहरूले ओएसआर रियालिटी च्यानल मार्फत उक्त कार्यक्रम हेर्न सक्नेछन् ।

कार्यक्रममा सन्दीप क्षेत्री सहितको ह्यापि ब्याण्डले मनोरञ्जनयुक्त प्रस्तुति दिनुका साथै सेलिब्रेटी अतिथिसँग हप्ताभरिका प्रमुख समसामयिक विषयहरूमाथि रमाइलो कुराकानी गर्नेछन् ।

दर्शकलाई मनोरञ्जन र सूचना दिने उद्देश्यले यस कार्यक्रम निर्माण गरिएको सन्दीप क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार ‘द वीक सो’ ले समसामयिक घटनाक्रमलाई रोचक र व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नेछ । कार्यक्रमले दर्शकलाई मनोरञ्जनसँगै सुसूचित गराउने आयोजकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =