अक्षयको ‘वेलकम टू द जंगल’ ले शाहिदको ‘ककटेल–२’ मा ब्रेक

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको मल्टीस्टारर फिल्म ‘वेलकम टू द जंगल’ ले बक्स अफिसमा कदम राख्दै शाहिद कपूर, कृति सेनन अनि रश्मिका मंदनाको ‘ककटेल–२’ को कमाइमा ब्रेक लागेको छ ।
पहिलो हप्तामा ७० करोड भन्दा बढी कमाइ गर्ने उक्त फिल्मको रफ्तारमा शुक्रबारसम्म आइपुग्दा भने ब्रेक लाग्यो । अक्षय कुमारको मल्टी स्टारर कमेडी फिल्म ‘वेलकम टू द जंगल’ शुक्रबार मात्रै प्रदर्शनमा आएको हो । उसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
यसका अगाडी शाहिदको ‘लभ स्टोरी’ फिल्म फिक्का परेको छ । शाहिद, कृति अनि रश्मिकाको ‘ककटेल–२’ लाई पछिल्लो हप्ता दमदार शुरुवात मिलेको थियो । तर, हप्ताको मध्यतिर आइपुग्दा भने फिल्म केही कमजोर देखियो । अहिले ‘वेलकम टू द जंगल’को इन्ट्री पछि त झन सुस्ताएको छ ।
‘ककटेल–२’ को सेकेण्ड फ्राइडे कलेक्शन
फिल्म रिलिजको आफ्नो पहिलो हप्ता पूरा गरुन्जेल यसले बक्स अफिसमा ७० करोड भन्दा बढी कलेक्शन गरिसकेको थियो । तर, ओपनिङ वीकेन्डमा ४७.५ करोडको कलेक्सन गरेपछि फिल्मको दैनिक कमाई घट्दै गयो ।
सोमबार ७ करोड कलेक्शनको एकदमै नजिक पुगेको ‘ककटेल–२’ को कलेक्शन बिहीबार आइपुग्दा ४ करोडमा सीमित रह्यो । शुक्रबार जब अक्षयको ‘वेलकम टू द जंगल’ हलमा रिलिज भयो, तब नयाँ फिल्मसँग प्रतिस्पर्धा गर्न ‘ककटेल–२’ का मेकर्सले जुक्ति लगाए ।
दोस्रो शुक्रबार फिल्मको टिकटमा एक किन्दा एक फ्री (Buy One Get One Free) को अफर दिइयो । सैकनिल्कका अनुसार बक्स अफिसमा दोस्रो शुक्रबार ‘ककटेल–२’ ले ४.२५ करोडको कलेक्शन गरेको थियो ।
जुन बिहीबारको बराबर हो । अर्थात् सस्तो टिकट अफरका बाबजुद उसको कमाइमा खास फरक परेन् । जबकि यस दिन भारतमा सार्वजनिक बिदा थियो । यसले पनि के देखाउँछ भने ‘वेलकम टू द जंगल’ को शानदार प्रदर्शनका बिच ‘ककटेल–२’ लाई हलमा टिकिरहन अब मुस्किल छ ।
३० भन्दा बढी स्टार्स अनि चर्चित अनुहारका कारण दर्शकहरुमा ‘वेलकम टू द जंगल’ लाई लिएर सुरुबाटै चासो त थियो नै । यसका साथै दमदार कमेडी अनि अक्षयले फिल्मलाई लिएर गरेको प्रशंसाले महौललाई थप बल दियो । अब ‘ककटेल–२’ ले यसको सामना कसरी गर्छ, त्यो भने हेर्न बाँकी छ ।









