कौशीमा ‘द टेस्ट अफ सेलरोटी’ (तस्बिरहरू)

काठमाडौँ । टेकुस्थित कथा घेराको कौशी थिएटरले स्थापनाको आठौं वर्ष पुरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’ को मञ्चन सुरु गरेको छ ।

लेखक, डिजाइनर तथा निर्देशक मिल्सन डी. चाम्लिङको परिकल्पनामा तयार भएको यो नाटक, यही असार ७ गतेदेखि नियमित मञ्चन सुरु भएको हो ।

दुई कलाकारको अभिनय रहेको ‘द टेस्ट अफ सेलरोटी’ले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर प्रस्तुत गरेको छ ।

नाटकमा मिथक, कला, विभिन्न भाषा तथा बोली र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका अनुभूतिलाई रङ्गमञ्चमा उतार्ने प्रयास गरिएको छ ।

नाटकमा कलाकारहरू वेदना राई र प्रयास बान्तवा राईको अभिनय रहेको छ । उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराईले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँचले तयार पारेका छन् ।

यो नाटक मङ्गलवार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ । शनिवार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ ।

मानवीय सम्बन्ध, बिछोड, शोक र आकाङ्क्षाका विषयवस्तुलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको ‘द टेस्ट अफ सेलरोटी’ ले दर्शकलाई समय र स्मृतिको यात्रामा लैजाने अपेक्षा गरिएको छ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =