विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
२०८३ असार ६ गते

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको २३ औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
उनले ३६ औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्की र पाराग्वे भिड्दै छन् ।
२०८३ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित









