अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य गरी स्थायी सम्झौता गर्ने उद्देश्यका साथ ६० दिने वार्ताको समयसीमा (काउन्टडाउन) शुरु भएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार यस प्रक्रियाको औपचारिक सुरुवात भएको जानकारी दिएका हुन् ।

फ्रान्समा बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) सँगै वार्ताको ६० दिने अवधि तय भएको हो ।

उपराष्ट्रपति भान्सका अनुसार बिहीवारदेखि शुरु भएको यो वार्ताको समयसीमा आगामी अगस्ट १७ मा समाप्त हुनेछ ।

ह्वाइट हाउसमा आयोजित ब्रिफिङमा उपराष्ट्रपति भान्सले अन्तर्राष्ट्रिय जलमार्गहरूलाई विश्वव्यापी अर्थतन्त्रका लागि अवरोधका रूपमा प्रयोग गर्न नहुने र ती क्षेत्रहरू महसुलमुक्त हुनुपर्ने अमेरिकी अडान दोहोर्‍याए ।

यसैबीच, सम्झौताको प्रारम्भिक सकारात्मक संकेत स्वरूप अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी हटाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अप्रिलको सुरुदेखि लगाइएको उक्त प्रतिबन्ध हटाएसँगै एक दर्जनभन्दा बढी जहाजहरूलाई इरानी बन्दरगाहमा प्रवेश गर्न अनुमति दिइएको छ । यद्यपि, सम्झौताका सर्तहरू पूर्ण रूपमा पालना भएको सुनिश्चित गर्न अमेरिकी युद्धपोतहरू सोही क्षेत्रमा तैनाथ रहने जानकारी दिइएको छ ।

जारी वार्ताको मुख्य र जटिल विषय इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने रहेको छ । १४ बुँदे समझदारी पत्रमा ट्रम्प प्रशासनले इरानको रोक्का वा प्रतिबन्धित कोष र सम्पत्तिहरू प्रयोगका लागि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

तर इरानको कति सम्पत्ति फुकुवा गरिनेछ र त्यसको समयतालिका एवं प्रक्रिया के हुनेछ भन्ने विषयमा अझै सहमति जुट्न बाँकी छ । उपराष्ट्रपति भान्सकाअनुसार आगामी वार्ताका क्रममा दुवै पक्षले यी कोषहरू फुकुवा गर्ने कार्यविधिमा ठोस सहमति कायम गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =