रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

एजेन्सी । रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आएका छन् ।

‘युरोपेलीहरू रुस कमजोर छ भन्ने धारणामा रहेर वार्ता हुनुपर्छ भन्ने चाहन्छन् यो कुरा गलत छ’ उनले भने ‘यस्तो दृष्टिकोणले कहीँ पनि पुर्याउँदैन।’

पेस्कोभले भने ‘यदि युरोपका राजनीतिक शक्तिहरूले शर्त जारी नगरी वा मस्कोलाई सिकाउने प्रयास नगरी रूससँग पुनः वार्ता सुरु गर्न आवश्यक हुन्छ र यसमा युरोप तयार रहन्छ भने रूस यसका लागि तयार हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =