प्रतिनिधिसभा बैठक : प्रतिपक्षीदलले उठान गरेका विषय पूरा गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरुआत हुने बित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्ना आसनबाट उठेर सरकारले आफ्ना माग कार्यान्वयन नगरेकामा विरोध जनाए ।

यसपछि सभामुख सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई भनाइ राख्न समय दिए ।

यसक्रमा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन, मानवअधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत अन्य विषयमा पटक–पटक सदनमार्फत सरकारको ध्यानाकर्षण गराइए पनि कार्यान्वयन नगरिएको गुनासो गरे ।

नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले गत जेठ १७ गते प्रधानमन्त्रीले सदनमा दिएका अभिव्यक्तिप्रति असहमति जनाए ।

सोही पार्टीका सांसद ऐन महरले सदनका गरिमा कायम राख्नु सांसद र सरकार दुवैको साझा दायित्व भएकामा जोड दिए ।

नेपाली कम्युनिष्ट पार्टी सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलले संसद् उठाएका प्रश्नको उचित सम्बोधन नभएको गुनासो गरे ।

श्रम संस्कृति पार्टी सांसद हर्कराज राईले भुटानी शरणार्थीका माग र समस्याको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन र उपभोक्तामाथि थप आर्थिक भार पर्न नदिन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =