अमेरिका-इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर: पाकिस्तान

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरान बीचको समझदारी ज्ञापनपत्र (एमओयू) मा दुबै देशका नेताहरूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरेको जनाउदै पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले यसको प्रभाव तत्काल देखिन थालेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा प्रभानमन्त्री सरिफले उक्त ज्ञापन पत्रमा अमेरिका र इरानका राष्ट्रपतिहरूले हस्ताक्षर गरेको र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले समर्थन गरेको उल्लेख गरेका हुन् ।

इस्लामाबाद एमओयूले इरानले तुरुन्तै होर्मुजको जलमार्ग पुनः खोल्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले, संयुक्त राज्य अमेरिकाले सम्झौताको कार्यान्वयन पछि प्रारम्भिक चरणमा होर्मुज बाट आफ्नो सेना र नाकाबन्दी हटाउने पुष्टि गरेका छन् ।

सम्बन्धित पक्षको सरकारको उच्च स्तरबाट यो सम्झौतामा भएको हस्ताक्षरले द्वन्द्वको कूटनीतिक समाधानका लागि दुवै पक्षको प्रतिबद्धता देखाएको सरिफले बताएका छन् ।

पाकिस्तानले सह–मध्यस्थकर्ता कतारको सहयोगमा शुक्रबार स्विट्जरल्यान्डमा सम्झौताको सम्झना गर्न र दुई पक्षबिच प्राविधिक स्तरको वार्ता सुरु गर्न आधिकारिक समारोहको आयोजना गर्ने उनले पुष्टि गरेका छन् ।

प्रधानमन्त्री सरिफले कतारको सह–मध्यथकर्ताको नेतृत्वको रचनात्मक संलग्नतालाई स्वीकार गर्दै सम्झौतालाई सहज बनाउन साउदी अरेबिया, टर्की र इजिप्टको योगदानकोसमेत प्रशंसा गरेका छन् ।

उनले यो ज्ञापनपत्रले बृहत्तर समझदारी, आपसी सम्मान र साझा समृद्धिका लागि स्थायी आधारका रूपमा काम गर्ने आशासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =