कोलम्बियाको शानदार सुरुवात, उज्बेकिस्तानलाई ३-१ ले हरायो
२०८३ असार ४ गते

काठमाडौं । फिफा विश्वकप २०२६ मा कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दैविजयी सुरुवात गरेको छ । लुइस डियाजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा कोलम्बिया सुरुवाती जित निकालेकाे हाे ।
मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे ।
यस्तै विश्वकपमा डेब्यु गरेको उज्बेकिस्तानको लागि अब्बोसबेक फेजुल्लाएभले गोल गरे ।
कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे ।
यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।
२०८३ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित









