गैरकानूनी राजनीतिक कोष प्रकरणः सियोलका मेयरलाई डेढ वर्ष कैद सजायको माग

एजेन्सी । दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले सियोलका मेयर ओ से–हुनलाई गैरकानूनी राजनीतिक कोष प्राप्त गरेको अभियोगमा १८ महिना (डेढ वर्ष) कैद सजायको माग गरेका छन् ।

पूर्व राष्ट्रपति युन सुक–योल र उनकी पत्नी किम क्योन–ही संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेका स्वतन्त्र काउन्सिल मिन जुङ–की नेतृत्वको टोलीले बुधवार सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट (जिल्ला अदालत) समक्ष उक्त माग गरेको हो ।

अभियोजन पक्षले कैद सजायका अतिरिक्त मेयर ओबाट ३ करोड ३० लाख वन (करिब २१,८२० अमेरिकी डलर) जफत गर्न समेत अदालतसँग आग्रह गरेको छ ।

मेयर ओमाथि सन् २०२१ को सियोल मेयर उपनिर्वाचन अघि स्वघोषित राजनीतिक दलाल म्युङ ताए–क्युनबाट १० पटक जनमत सर्वेक्षणको नतिजा प्राप्त गरेको र त्यसको खर्च आफ्ना पुराना आर्थिक सहयोगी किम हान–जुङमार्फत भुक्तानी गराएको आरोप छ ।

यसै प्रकरणमा उनी विरुद्ध सन् २०२५ डिसेम्बरमा हिरासत बाहिरै राखेर मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =